नेको इन्स्योरेन्सको १२ लाख संस्थापक शेयर बिक्रीमा


नेको इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहअन्तर्गतको १२ लाख कित्ता शेयर बिक्रीका लागि खुला गरेको छ। कम्पनीले हाल उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न सक्ने व्यवस्था गरेको जनाएको छ।

कम्पनीका अनुसार बिक्रीमा राखिएको शेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ। शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौँको ज्ञानेश्वर स्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेस गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन प्राप्त नभएमा बाँकी रहेको शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x