अजोड इन्स्याेरेन्स लिमिटेडले आज विशेष साधारण सभा गर्दै

अजोड इन्स्याेरेन्स लिमिटेडले यही मङ्सिर ०९ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा लैनचौर बैङ्क्वेट, काठमाडौँमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले समयानुकूल पुँजी वृद्धिको आवश्यकतालाई मध्यनजर गरी अन्य कुनै निर्जीवन बीमा कम्पनीसँग एक आपसमा गाभ्न/गाभिनको लागि कम्पनीको पहिचान तथा छनोट गर्ने र मर्जर अध्ययन कमिटीको गठन बारेको निर्णय अनुमोदन गर्नेछ ।

कम्पनीले एक आपसमा गाभ्न/गाभिन तथा प्राप्ति गर्ने प्रयोजनका लागि कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्ति गर्ने र निजहरूको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।


सभाले कम्पनीमा संस्थापक समूह तथा सर्वसाधारण समूहको शेयर स्वामित्व संरचना क्रमशः ७०:३० को अनुपातमा रहेकोमा संस्थापक समूहको १९ प्रतिशत शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरी कम्पनीको शेयर स्वामित्व संरचना ५१:४९ प्रतिशतको अनुपात कायम गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि मङ्सिर ०२ गते एक दिनको लागि बुक क्लोज गरिसकेको छ। सो आधारमा मङ्सिर ०१ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x