यूनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँड सम्पन्न


यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले निष्कासन गरेको हकप्रद शेयरको बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले विद्यमान शेयरधनीहरूका लागि १० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

यस अन्तर्गत कम्पनीले प्रत्येक १०० कित्ता साधारण शेयर बराबर १० कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद साधारण शेयर बिक्रीमा ल्याएको थियो।

कम्पनीका अनुसार हकप्रद शेयरमा आवेदन दिएका योग्य शेयरधनीहरूलाई कुल २२ लाख ३९ हजार ५२० कित्ता शेयर बाँडफाँड गरिएको छ। बाँडफाँड प्रक्रिया सम्बन्धित नियम तथा व्यवस्था अनुसार सम्पन्न भएको कम्पनीले जनाएको छ।

उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा एलएस क्यापिटल लिमिटेडले जिम्मेवारी निर्वाह गरेको थियो।

हकप्रद शेयर बाँडफाँड सम्पन्न भएसँगै अब बिक्री नभएका तथा अवितरित शेयरहरूको व्यवस्थापनसम्बन्धी प्रक्रिया प्रचलित कानुनी व्यवस्था अनुसार अगाडि बढाइने अपेक्षा गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x