आईएमई लाइफ इन्स्योरेन्सकाे आइपिओ विक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले असार २१ गते (आज) देखि सर्वसाधारणहरुकाे लागि आइपिओ विक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता १० हजार कित्ता सम्म तोकेको छ ।

कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबरको प्रति शेयर अङ्कित मूल्य रु. १०० दरमा प्रिमियम बापत रु. १३६.९१ थप गरी प्रिमियम मूल्य सहित जम्मा मूल्य रु. २३६.९१ मा १ करोड २० लाख कित्ता साधारण शेयरको १० प्रतिशत अर्थात् १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि र ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर कम्पनीका कर्मचारीहरूको लागि सुरक्षित गरी बाँकी रहेको ९६ लाख कित्ता शेयर प्रिमियम मूल्य प्रति कित्ता रु. २३६.९१ मा आइपिओ बिक्री खुला गरेको सो कम्पनीले जानकारी दिएको छ ।

सो कम्पनीको साधारण शेयर निष्कासन बन्द हुने मिति असार २५ गते रहेको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू तथा सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर "मेरो सेयर" अनलाइन प्रयोग गरी सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड रहेका छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x