
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले ५० हजार कित्ता संस्थापक समूहको शेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। कम्पनीले योग्य तथा इच्छुक व्यक्ति, कम्पनी र सङ्घसंस्थालाई सहभागिता जनाउन आह्वान गरेको छ।
लिलामीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य ४०१ रुपैयाँ तोकिएको छ। लगानीकर्ताले गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन दिनुपर्नेछ, जसअन्तर्गत न्यूनतम २ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ।
कम्पनीका अनुसार आवेदन प्रक्रिया वैशाख १० गतेदेखि सुरु भइसकेको छ र वैशाख २४ गते बैङ्किङ समयभित्र आवेदन बुझाइसक्नुपर्नेछ।
बोलपत्र आवेदन फाराम काठमाडौँको कमलपोखरीस्थित गरिमा क्यापिटल लिमिटेडको कार्यालयबाट प्राप्त गरी सोही स्थानमा बुझाउन सकिने व्यवस्था गरिएको छ।
