सूर्या लाइफ इन्स्योरेन्सले आज विशेष साधारण सभा गर्दै

Surya Life Insurance Company Limited

 

ज्ञानमाण्डू। सूर्या लाइफ इन्स्योरेन्सले साउन १९ गते (आज) विशेष साधारण सभा गर्दै छ। कम्पनीले विशेष साधारण सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

 

सभाले नियमनकारी निकायको निर्देशन तथा समयानुकुल पूँजी बृद्धिको आवश्यकतालाई दृष्टिगत गरी अन्य कुनै जीवन बीमा कम्पनीसंग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने कार्यकाे लागि संचालक समितिबाट मर्जर समिति गठन गरिएकाे बारे निर्णय अनुमाेदन गर्ने छ।

 

यस सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने, गाभिने (Merger) सम्बन्धमा मर्जर समितिबाट पेश हुन आएको प्रारम्भिक सम्झौता पत्र (MOU) को मस्यौदा स्वीकृत गर्ने एवं सो सम्झौता पत्रमा हस्ताक्षर गर्न अख्तियारी प्रदान गर्ने तथा सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि बीमा समिति समक्ष निवेदन दिने, शेयर कारोवार रोक्काको लागि पत्राचार गर्ने बिषयमा भएको संचालक समितिको निर्णयलाई पनि अनुमोदन गर्नेछ ।

 

संचालक समितिबाट कम्पनीको सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरू नियुक्त गर्ने तथा पारिश्रमिक तोक्ने विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

 

कम्पनीले साधारण सभाको प्रयोजनको लागि साउन १३ गतेदेखि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा साउन १२ गतेसम्म कायम शेयरधनीले विशेष साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x