एनएलजी इन्स्याेरेन्सको लाभांश प्रस्ताव, कति दिँदै छ नगद र बोनस ?

एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयर धनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल मङ्सिर १६ गते, दिनको १:०० बजे बसेको सञ्चालक समितिको ३८२ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयर धनीहरूलाई १०.५२६३१५८ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम रु. १३ करोड २६ लाख ६१ हजार ४३६ रुपैयाँ बराबरको बोनस शेयर र ०.५२६३१५८ प्रतिशतले हुन आउने रकम ६९ लाख ८२ हजार १८१ बराबरको नगद लाभांश गरी जम्मा १०.५२६३१५८ प्रतिशत लाभांश आफ्ना शेयर धनीहरूलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षकै अनुसार यथावत् छ। आर्थिक वर्ष २०७७/७८ मा एनएलजी इन्स्याेरेन्स कम्पनी लिमिटेडले चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.५२६३ प्रतिशतले हुन आउने नगद लाभांश आफ्ना शेयरधनीहरूलाई वितरण गरेको थियो ।


Click here to view the notice.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x