युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद शेयर खुला

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आजदेखि हकप्रद शेयर निष्कासन खुला गरेको छ। कम्पनीले हालका शेयरधनीलाई लक्षित गर्दै १०० कित्ता साधारण शेयर बराबर १० कित्ताका दरले हकप्रद शेयर जारी गरेको हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको छ, जुन हालको २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजीको १० प्रतिशत बराबर हो।

हकप्रदमा सहभागी हुनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ। त्यसअनुसार फागुन १४ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीहरूले मात्र आवेदन दिन पाउनेछन्। इच्छुक लगानीकर्ताले वैशाख १६ गते बैङ्किङ समयभित्र आवेदन पेस गर्नुपर्नेछ।

कम्पनीको वित्तीय अवस्थाको मूल्याङ्कन गर्दै इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको सङ्केत गर्दछ।

हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x