प्रभु इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु इन्स्योरेन्सले यही फाल्गुन २३ गते २७ औँ वार्षिक साधारण सभा गर्ने भएको छ। कम्पनीले वार्षिक साधारण सभाको प्रयोजनको लागि फाल्गुन १२ गते एक दिनको लागि बुक क्लोज गर्ने जानकारी दिएको छ। सो आधारमा  फाल्गुन ११ गतेसम्म (आज सम्म) कायम शेयरधनीले वार्षिक साधारण सभामा भाग लिन सक्नेछन् ।

कम्पनीले साधारण सभा प्रभु इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय, प्रभु कम्प्लेक्स,  तीनकुने, काठमाडौँमा दिनको ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष (आ.व) २०७८/०७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.७० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.३५ प्रतिशतले हुन आउने रकम रु. ४५ लाख ४७ हजार ९३० रुपैयाँ नगद (कर प्रयोजनका लागि) लाभांश वितरणको प्रस्ताव गरेको छ।

सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने छ र लेखापरिक्षण समितिको सिफारिस बमोजिम आ.व २०७९/०८० को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

सो प्रभु इन्स्योरेन्स लिमिटेडले भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीहरुसगँ एक आपसमा गाभ्ने, गाभिने (Merger) मर्जर गर्ने सम्बन्धी निर्णय गर्न तत् सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गर्न, चल अचल सम्पत्ति र दायित्व मूल्याङ्कन गर्नको लागि मान्यता प्राप्त मूल्याङ्कनकर्ता नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका मर्जर तथा प्राप्ति सम्बन्धी अन्य आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र यदि कुनै निर्जीवन बिमा कम्पनीसँग गाभ्ने, गाभिने (Merger) मर्जर गर्ने सम्बन्धी कार्य सफल हुन नसकेमा नियमनकारी निकायले निर्धारण गरेको चुक्ता पुँजी कायम गर्न सम्बन्धित निकायबाट स्वीकृति लिई आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने र सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x