सूर्यज्योति लाइफको २ लाख २० हजार संस्थापक शेयर बिक्रीमा


सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको २ लाख २० हजार कित्ता संस्थापक शेयर बिक्री प्रक्रिया अघि बढाएका छन्। कम्पनीले जारी गरेको सूचनाअनुसार बिक्रीसम्बन्धी निर्णय सञ्चालक समितिबाट अनुमोदन भइसकेको छ।

कम्पनीले संस्थापक समूहभित्रकै लगानीकर्तालाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ। प्रचलित बीमा निर्देशिकाअनुसार हालका संस्थापक शेयरधनीहरूले तोकिएको समय सीमाभित्र आवेदन दिनुपर्नेछ।

इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र एनआईसी एशिया क्यापिटल लिमिटेडको थापाथलीस्थित कार्यालयमा आवेदन दिन सक्नेछन्। आवेदन पेश गर्दा खरिद गर्न चाहेको शेयर सङ्ख्या र प्रस्तावित मूल्य उल्लेख गरी सिलबन्दी बोलपत्र बुझाउनुपर्नेछ।

यदि तोकिएको अवधिमा संस्थापक समूहबाट पर्याप्त माग नआएमा भने, कम्पनीले प्रचलित नियम अनुसार उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x