आज देखि सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनीको आइपिओ बिक्री खुल्ला, क-कसले दिन पाउँछन् आवेदन ?



सन नेपाल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले साउन ०१ गते (आज) देखि आइपिओ बिक्री खुल्ला गरेको छ । कम्पनीको अनुसार योग्य आवेदकले (वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले) दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता २० हजार कित्ता तोकेको छ।

कम्पनीको जारी पुँजीको ३० प्रतिशतले हुन आउने रकम बराबर प्रति शेयर रु. १०० अङ्कित दरमा ९६ लाख कित्ता साधारण शेयर प्रारम्भिक सार्वजनिक निष्कासनमा छुट्टाएकोमा सो मध्ये प्रति शेयर रु. १०० अङ्कित दरमा प्रिमियम रु. १३९ थप गरी जम्मा मूल्य रु. २३९ मा १० प्रतिशत अर्थात् ९ लाख ६० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगारी गरिरहेका नेपालीहरूको लागि आइपिओ विक्री गर्न लागेको हो।

सो कम्पनीको साधारण शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि निष्कासन बन्द हुने मिति साउन १५ गते रहेको कम्पनीले जनाएको छ।

कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरूबाट सी- आस्वा प्रणाली मार्फत आवेदन पेस गर्न सक्नेछन्।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैँकिङ्ग लिमिटेड रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x