चीनको पहिलो कार निर्माता ग्रुप चांगान अटो मोबाइलले थाइल्यान्डको रायोंगमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय न्यु इनर्जी भेहिकल (एनईभी) प्लान्टबाट औपचारिक रूपमा कार निर्माण सुरु गरेको छ । आफ्नो महत्त्वपूर्ण नीति ‘भास्ट ओसियन प्लान’ अन्तर्गतको यो महत्त्वपूर्ण कोशेढुंगाले चांगानको अबको प्राथमिकता चिनियाँ भूमिबाट कार निर्यात नभई देशबाहिरै पूर्ण रूपको ‘इन्डस्ट्रियल इकोसिस्टम’ निर्माण गर्ने भएको दर्साउँछ । रायोंग प्लान्टमा अत्याधुनिक उत्पादन, रिसर्च एन्ड डेभलपमेन्ट र दीर्घकालीन सप्लाई चेन रहेको छ जहाँबाट चांगानको ग्रिन र स्मार्ट कारको उत्पादन मात्र नभई विश्वव्यापी अपरेसन पनि हुनेछ ।
चांगानको पहिलो अन्तर्राष्ट्रिय इभी हबमा उत्पादन भएका कारको विक्री वितरण दक्षिण पूर्व एसिया, मध्यपूर्व र अफ्रिका, मध्य र दक्षिण अमेरिका र युरेसिया बजारमा हुनेछ । यो प्लान्टको क्षमता हाललाई वार्षिक एक लाख युनिट रहेको छ भने सन् २०२७ सम्ममा वार्षिक दुई लाख युनिट पुर्याइनेछ ।
सन् २०२३ मा थाइल्यान्डमा चांगान ब्रान्ड सार्वजनिक भएपछि हालसम्म १४ हजार युनिट विक्री भइसकेको छ र यहाँको ‘टप फोर एनईभी ब्रान्ड’ बन्न सफल भएको छ । राइट ह्यान्ड ड्राइभ दिपल एस०५ रोल आउट गर्दै चांगानको नयाँ प्लान्टको उद्घाटन भएको हो । यो मोडेल केही समयमै नेपालमा सार्वजनिक हुँदै छ । योसँगै चांगानको कुल उत्पादन दुई करोड ८५ लाख ९० हजार युनिट पुगेको छ ।
तीन लाख ९२ हजार वर्ग मिटरमा फैलिएको रायोंग प्लान्टमा वेल्डिंग, पेन्टिङ, एसेम्ब्ली, इन्जिन र ब्याट्री प्रडक्सन गरी पाँच वर्कसप रहेका छन् । यसको वातावरणमैत्री डिजाइनले डे–लाइट, सौर्य ऊर्जा र पानीको पुनः प्रयोग गर्छ । अत्याधुनिक अटोमेसन र एडाप्टिभ सिस्टमले विश्व बजारको मागअनुसारको उच्च गुणस्तरको उत्पादन प्रत्याभूत गर्छ । यो प्लान्टबाट चांगान, दिपल र अवतार ब्रान्डका इभी उत्पादन हुनेछ ।
चांगानको विश्व नीति हालको ट्रेन्डहरू दीर्घकालीनता (सस्टेनेबिलिटी) र स्थानीय करण (लोकलाइजेसन)मा आधारित छ । दुई वर्षअघि थाइल्यान्डमा सार्वजनिक भएपछि चांगानले निकै लोकप्रिय दिपल एस०७ र अवतार११ समेत गरी सात वटा मोडल लन्च गरिसकेको छ । रायोंग प्लान्टले चांगानको ४१ वर्ष कार उत्पादनको अनुभवलाई अझ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ ।
चांगानका अध्यक्ष जु हुरोंगले विश्व चुनौतीका बाबजुद स्थानीय इकोसिस्टम बनाउनेमा प्लान्टको महत्त्वपूर्ण भूमिका हुने बताए । रायोंग प्लान्टले चांगानको अन्तर्राष्ट्रिय ‘न्यु इनर्जी भेहिकल हब’को काम गर्नेछ । थाई समन्वय र चिनियाँ विशेषज्ञताको सम्मिश्रणमार्फत चांगानले आर्थिक वृद्धि र विश्व अटो बजारलाई अघि बढाउने लक्ष्य लिएको छ ।
थाइल्यान्डमा खुल्यो दुई लाख उत्पादन क्षमता भएको चांगानको इभी प्लान्ट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%

प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories

Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en