ग्लोबल आइएमई बैङ्क लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरूमा वृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।
बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने लक्ष्य राखेको थियो । बैङ्कले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरूमा वृक्षारोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैङ्कले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको समुपस्थितमा १,००० कागतीका बिरुवा रोपण गरेको हो ।
उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, स्थानीय नागरिक लगायत बैङ्कका कर्मचारीहरूको ठुलो उपस्थिति रहेको थियो ।
त्यसै गरी, बैङ्कले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैङ्कका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा ३०० वटा बिरुवा रोपण गरेको हो ।
बैङ्कले कोशी प्रदेशको दिक्तेल, प्रगति सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरूमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक बन) लगायतका विभिन्न स्थानमा  ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरूमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरूमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको वीरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरूमा ७०० र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, बैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरूमा २,०८६ बिरुवा रोपण सुरु गरेको छ ।
बैङ्कले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा स्थानीयहरूको उल्लासमय उपस्थिति रहेको थियो ।
बैङ्कले वृक्षारोपणको लागि विभिन्न संस्थाहरूसँग सहकार्य गरी सहरको सौन्दर्य करण, सामुदायिक बन, विद्यालय, अस्पताल परिसरहरू तथा सार्वजनिक स्थानहरू छनौट गरेको छ ।
उक्त वृक्षारोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरूको आयआर्जनमा सहयोग हुने विश्वास बैङ्कले लिएको छ ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको वेस्ट बैङ्क अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैङ्कको रूपमा सम्मानित बैङ्क हो । साथै ग्लोबल आइएमई बैङ्क विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ–संस्थाहरूबाट फरक फरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैङ्कले नेपाली नागरिकहरूलाई बैङ्किङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिटेन्स सेवा पनि दिँदै आएको छ । बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिटेन्स भित्र्याउने काम गर्दै आएको छ ।
 
ग्लोबल आइएमई बैङ्कद्वारा विश्व वातावरण दिवसको अवसरमा देश व्यापी रूपमा वृहत् वृक्षारोपण कार्यक्रम आयोजना
 
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            