साताको पहिलो कारोबार दिन धितोपत्र बजारमा १८.४४ अङ्कको गिरावट


धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १८ दशमलव ४४ अङ्कले घटेर २९६४ दशमलव २० को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक ३.२६ अङ्कले घटेर ५१३ दशमलव ८७ को विन्दुमा पुगेको छ ।

आज कूल ३२३ कम्पनीहरूका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर रु. २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहहरू मध्य विकास बैङ्क उपसमूह ७७ दशमलव ६४ अङ्कले, उत्पादन उपसमूह ८४.७७ अङ्कले, लघुवित्त उपसमूह शून्य दशमलव ३७ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०८ अङ्कले र ट्रेडिङ उपसमूह ६१.७४ अङ्कले बढेका छन् । यता, बैङ्किङ उपसमूह ११ दशमलव १३ अङ्कले घट्दा वित्त उपसमूह ५३ दशमलव ७२ अङ्कले, होटेल तथा पर्यटन उपसमूह १३३.२३ अङ्कले, जलविद्युत उपसमूह ४३.२२ अङ्कले, लगानी २.०३ अङ्कले, जीवन बिमा उपसमूह १९५.२३ अङ्कले, निर्जीवन बिमा ९१.९२ अङ्कले र अन्य उपसमूह २३.६२ अङ्कले घटेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x