ग्लोबल आइएमई बैङ्कको नाफा ६ अर्ब २० करोड


ग्लोबल आइएमई बैङ्कको नाफा १.१० प्रतिशतले बढेको छ । आ.व. २०८०/८१ को चाैथाैँ त्रैमास सम्ममा बैङ्कले ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०८१/८२ को चाैथाैँ त्रैमास सम्ममा बैङ्कले ६ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ ।

३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैङ्कले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २४ अर्ब २१ करोड रुपैयाँ र सञ्चित मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ०.८५ प्रतिशतले घटेर १६ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको कुल वितरण योग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको प्रतिशेयर आम्दानी १६ रुपैयाँ २८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र पछिल्लो कारोबार मूल्य रु २५४.२८ को आधारमा मूल्य आम्दानी अनुपात १५.६१ गुणा रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ४.८७ प्रतिशत रहेकाे छ भने इम्पेरमेन्ट चार्ज बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x