पोखरा महानगरपालिका, वडा नं २७, तालचोक, कास्की स्थित माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि र प्रभु बैङ्क लिमिटेड बिच बैङ्कका ग्राहक तथा कर्मचारीहरूलाई उल्लेखित पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि को स्वास्थ्य सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
प्रभु बैङ्कका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले ५% देखी २०% सम्म छुट पाउने भएका छन् । सो छुट सेवा सुविधा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि मा प्राप्त गर्न सकिनेछ । उक्त सम्झौता पत्रमा माछापुच्छ्रे पोलीक्लिनिक एण्ड डाइग्नोष्टिक प्रा.लि का तर्फबाट चिकित्सा निर्देशक डा.प्रकाश भट्टराई र सञ्चालन निर्देशक श्री भावना भण्डारी तथा प्रभु बैङ्क लि.का तर्फबाट तालचोक शाखा प्रबन्धक श्री प्रकाश पौडेलको संयुक्त हस्ताक्षर भएको हो ।