सुन–चाँदीमा नयाँ रेकर्ड, मूल्य बढ्नुको कारण के हो?


यस साता नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएका छन्। साताको पहिलो दिन प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रवार अन्तिम दिनमा २ लाख १० हजार ४०० रुपैयाँ पुगेको छ। एक सातामै प्रतितोला ६ हजार ८०० रुपैयाँले बढेर सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो।

सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विश्वका विभिन्न केन्द्रीय बैङ्कहरूले अमेरिकी डलर सञ्चिति घटाएर सुन सञ्चिति बढाउने तयारी गरिरहेका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको माग उच्च भएको छ। यसकै प्रत्यक्ष असर नेपाली बजारमा परेकाले मूल्य लगातार बढेको बताइएको छ।

सुनसँगै चाँदीले पनि यस साता नयाँ रेकर्ड कायम गरेको छ। आइतबारको बजारमा प्रतितोला २ हजार ४२५ रुपैयाँमा रहेको चाँदी शुक्रवार बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ। यसरी साप्ताहिक आधारमा प्रतितोला ६५ रुपैयाँले चाँदीको मूल्य वृद्धि भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x