
वीरगन्ज भन्सार कार्यालयको राजस्व संरचना मुख्यतः पेट्रोलियम पदार्थ तथा सवारी साधनको आयातमा निर्भर देखिएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा कार्यालयले कुल १ खर्ब १६ अर्ब ५८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
यस अवधिमा पेट्रोलियम पदार्थको आयातबाट मात्रै ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व उठेको छ, जुन कुल सङ्कलनको सबैभन्दा ठुलो हिस्सा हो। त्यसपछि यातायातका साधन र तिनका पार्टपुर्जाबाट १३ अर्ब ९८ करोड रुपैयाँ राजस्व प्राप्त भएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार कार्यालयको राजस्व प्रवाह पेट्रोलियम र सवारी साधनसम्बन्धी आयातमै अत्यधिक रूपमा आश्रित रहेको छ।
अन्य शीर्षकअन्तर्गत, फलाम तथा फलामबाट बनेका सामग्रीको आयातबाट ६ अर्ब ८३ करोड रुपैयाँ, कपडा आयातबाट ५ अर्ब २६ करोड रुपैयाँ र विद्युतीय मेसिनरी, उपकरण तथा तिनका पार्टपुर्जाबाट ४ अर्ब ९१ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
त्यसै गरी, मदिराजन्य पेय पदार्थको आयातबाट १ अर्ब ८३ करोड रुपैयाँ र शृङ्गार सामग्रीको आयातबाट १ अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सारको राजस्व आधार पेट्रोलियम र सवारी आयातमै केन्द्रित
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
