
नेपाल राष्ट्र बैङ्कका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमा १४६ रुपैयाँ ८८ पैसा र बिक्रीमा १४७ रुपैयाँ ४८ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १७४ रुपैयाँ ७६ पैसा तोकिएको छ।
यसै गरी अस्ट्रेलियन डलर एकको खरिदमा १०२ रुपैयाँ २५ पैसा र बिक्रीमा १०२ रुपैयाँ ६७ रुपैयाँ रहेको छ भने जापानी येन १० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५३ पैसा रहेको छ । त्यसै गरी साउदी अरेवियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीमा ३९ रुपैयाँ ३२ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३० पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा रहेको छ।
आजको विदेशी मुद्रा विनिमयदर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
