सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको गिरावट


नेपाली बजारमा मङ्गलवार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला ९०० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मङ्गलवार सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भएको छ। हिजो सोमबार सुन तोलामा ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। चाँदी प्रतितोला २५ रुपैयाँले बढ्दै ४ हजार ८८५ रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x