धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचकमा नकारात्मक सर्किट । तेस्रो सर्किट ब्रेक लागेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १६० दशमलव ३३ अङ्कले घटेर २५११ दशमलव ९१ को विन्दुमा कायम भएको छ। यस्तै सेन्सेटिभ परिसूचक २६ दशमलव ०८ अङ्कले घटेर ४३६ दशमलव २१ को विन्दुमा पुगेको छ ।
आज कूल २३८ कम्पनीहरूका १७ लाख ५२ हजार ७८१ कित्ता शेयर रु. ७२ करोड ८७ लाख २ हजार ८३० मा खरिद बिक्री भए भने कारोबार भएका कूल १३ उपसमूहहरू ओरालाे लागेका छन् ।
बैङ्किङ उपसमूह ७७ दशमलव ५८ अङ्कले घट्दा विकास बैङ्क उपसमूह २८७ दशमलव ६७ अङ्कले, वित्त उपसमूह १०६ दशमलव ३६ अङ्कले, होटेल तथा पर्यटन उपसमूह ४८७.२८ अङ्कले, जलविद्युत उपसमूह १८२.४४ अङ्कले, लगानी उपसमूह ७.६६ अङ्कले, जीवन बिमा उपसमूह ८४०.३१ अङ्कले, उत्पादन उपसमूह ३६९.७६ अङ्कले, लघुवित्त उपसमूह २०२.७४ अङ्कले, सामूहिक लगानी कोष शून्य दशमलव ०६ अङ्कले, निर्जीवन बिमा ६५६.०५ अङ्कले, अन्य उपसमूह १९४.४६ अङ्कले र ट्रेडिङ उपसमूह ३६४.६४ अङ्कले घटेका छन् ।
तेस्रो सर्किट ब्रेक पछि कारोबार स्थगित: धितोपत्र बजारमा १६०.३३ अङ्कको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
