एसवाई प्यानल नेपालको आइपिओ कात्तिक १९ देखि सर्वसाधारणका लागि खुल्ला


एसवाई प्यानल नेपाल लिमिटेडले सर्वसाधारणका लागि आइपिओ निष्कासन मिति सार्वजनिक गरेको छ। कम्पनीले कात्तिक १९ गतेदेखि आइपिओ बिक्री खुला गर्ने भएको हो। यसअघि उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ निष्कासन गरी बाँडफाँट सम्पन्न भइसकेको छ।

कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख रुपैयाँको ४० प्रतिशत बराबर ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्कासन गर्ने स्वीकृति पाएको थियो। पहिलो चरणमा स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार ६२९ कित्ता र विदेशमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर वितरण भइसकेका छन्। साथै, कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर छुट्टाइएको छ।

अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा निष्कासन गर्न लागेको हो। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

आइपिओ छिटोमा कात्तिक २३ गते र ढिलोमा मङ्सिर ३ गते बन्द हुने जनाएको छ। यस आइपिओको विक्रि प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले सि-आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थामार्फत अनलाइन वा शाखा कार्यालयहरूमा गएर आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x