
सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०८२ साल कार्तिक २८ गते बसेको सञ्चालक समितिको २३७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०८१/०८२ को मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०८१/०८२ को मुनाफाबाट कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने रकम रु. २४ करोड ८७ लाख ७५ हजार रुपैयाँ पैसा बराबरको बोनस शेयर र १५ प्रतिशतले हुन आउने रकम रु. ७४ करोड ६३ लाख २५ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा २० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।
सर्वोत्तम सिमेन्टको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
