विजय लघुवित्तको एफपीओ आजदेखि खुला

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आज पुस २१ गतेदेखि एफपीओ मार्फत शेयर बिक्री खुला गरेको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीचको स्वामित्व अनुपात ७०:३० कायम गर्न लघुवित्तले एफपीओ ल्याएको हो।

साबिकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्तबिचको मर्जरपछि संस्थाको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जरपछि संस्थापक र सर्वसाधारणतर्फको शेयर स्वामित्व क्रमशः ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेकोमा उक्त अनुपात समायोजन गर्न एफपीओ निष्कासन गर्न लागिएको लघुवित्तले जनाएको छ।

एफपीओ अन्तर्गत लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अङ्कित मूल्यमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्दै छ, जसको कुल रकम ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर हुन्छ।

यस एफपीओमा लगानीकर्ताले पुस २४ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन गर्दा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।

लघुवित्तको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x