ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराज ११ः११ मा २० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरूले लोकप्रिय अनलाइन सपिङ्ग प्लेटफर्म दराजले सार्वजनिक गरेको “दराज ११ः११ अफर”मा २० प्रतिशतसम्म छुट पाउने भएका छन् ।

यस योजनाअन्तर्गत ग्राहकहरूले ग्लोबल आइएमई बैंकको भिसा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराज अनलाइनमार्फत सामान खरिद गर्दा १५ देखि २० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा २,५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले २० प्रतिशत वा ३,००० रुपैयाँसम्म छुट पाउनेछन् ।

छुट पाउनका लागि बैंकको कार्ड बाहक ग्राहकहरूले दराज ए्यापबाट ग्लोबल आइएमई बैंकको छुट भौचर लिनुपर्नेछ ।

यो योजना नोभेम्बर ११ देखि सीमित अवधिको लागि रहनेछ ।

आफ्ना ग्राहककाे सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको साे बैंकले बताएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x