नेपाली बजारमा सुनको भाउ नयाँ रेकर्डमा, प्रतितोला २ लाख ७० हजार नाघ्यो

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा आइतबार सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। आज सुनको भाउ प्रतितोला २ हजार ८०० रुपैयाँले बढ्दै हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २ लाख ७० हजार ६०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो कारोबार दिन शुक्रवार सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँ थियो।

यसै गरी, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २१० रुपैयाँले बढ्दै ४ हजार ९९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x