एकै दिन सुनको भाउमा ऐतिहासिक उछाल, तोलामा १० हजार भन्दा बढी वृद्धि

| Gyanmandu | Achieving Excellence Together
स्थानीय बजारमा बुधवार सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १० हजार ४०० रुपैयाँले बढेको हो।

मङ्गलवार प्रतितोला २ लाख ८४ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ९५ हजार १०० रुपैयाँमा पुगेको छ। छोटो समयमै आएको यो तीव्र वृद्धिलाई पछिल्ला दिनहरूकै सबैभन्दा ठुलो उछालको रूपमा हेरिएको छ।

यसै गरी, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। मङ्गलवार प्रतितोला ५ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी बुधवार ३० रुपैयाँले बढ्दै ५ हजार ९२० रुपैयाँमा कायम भएको महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x