
नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। आज सुनको भाउ प्रतितोला ४ हजार २०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज शुक्रबार सुन प्रतितोला २ लाख ९१ हजार रुपैयाँमा कारोबार भएको छ। हिजो बिहीबार सुन तोलामा २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी प्रतितोला २७० रुपैयाँले घट्दै ४ हजार ७१० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।
सुनको मूल्यमा प्रतितोला ४ हजार २०० रुपैयाँको गिरावट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
