रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गते (आज) देखि आइपिओ विक्री खुला गरेको छ।
कम्पनीका अनुसार योग्य आवेदकले दरखास्त दिनुपर्ने न्यूनतम कित्ता १० शेयर र दरखास्त दिन पाउने अधिकतम कित्ता ५०,००० शेयर तोकेको छ। सो कम्पनीले प्रतिशेयर रु. १०० अङ्कित दरका १४ लाख २२ हजार कित्ता साधारण शेयरको आइपिओ विक्री गर्न लागेको हो।
सो कम्पनीले निष्कासन गर्ने १४ लाख २२ हजार कित्ता शेयरमध्ये २८,४४० कित्ता अर्थात् कुल निष्कासनको २ प्रतिशत कम्पनीका कर्मचारीका लागि सुरक्षित गरेको छ भने कुल निष्कासनको ५ प्रतिशत अर्थात् ७१,१०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरे पश्चात् बाँकी रहने ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारणमा बाँडफाँड गर्न लागेको कम्पनीले जनाएको छ।
सो कम्पनीको साधारण शेयरको निष्कासन बन्द हुने मिति (छिटोमा) फाल्गुन ४ गते रहेको छ। उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा ढिलोमा फाल्गुन १३, २०८२ सम्ममा आवेदन पेस गर्न सकिने कम्पनीले जनाएको छ।
कम्पनीको आइपिओ खरिद गर्नको निम्ति आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूबाट आवेदन पेस गर्न सक्नेछन्।
सो कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।
रिज लाइन इनर्जी लिमिटेडको आज देखि आइपिओ विक्री खुल्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
