बुद्धभूमि हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले चैत २२ गतेदेखि साबिक शेयरधनीहरूका लागि १:१ अनुपातमा हकप्रद शेयर बिक्री खुला गर्ने भएको हो।
हाल कायम ४० करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ४० लाख कित्ता नयाँ शेयर जारी गर्नेछ। यस हकप्रदमा माघ २९ गतेसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्रै आवेदन दिन योग्य हुनेछन्।
हकप्रद शेयरमा आवेदन दिने अवधि चैत २२ गतेदेखि वैशाख १३ गतेसम्म तोकिएको छ। कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड ले ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व वहन क्षमतामा मध्यम जोखिम सङ्केत गर्दछ।
हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी दोब्बर भई ८० करोड रुपैयाँ पुग्नेछ। शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।
बुद्धभूमि हाइड्रोपावरले १:१ अनुपातमा हकप्रद शेयर जारी गर्दै
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
