वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कालंगा हाइड्रोको आइपिओ बाँडफाँट सम्पन्न

कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आइपिओको बाँडफाँट सम्पन्न गरेको छ। कम्पनीले चैत १० देखि १५ गतेसम्म खुला गरेको उक्त निष्कासनमा अपेक्षाभन्दा धेरै आवेदन परेपछि गोला प्रथा प्रणालीमार्फत शेयर वितरण गरिएको हो।

कुल ३ लाख ५० हजार कित्ता शेयर बिक्री खुला गरिएकोमा ८४ हजार ३२६ आवेदकबाट ११ लाख भन्दा बढी कित्ताका लागि आवेदन परेको थियो। तीमध्ये ८४ हजार ३०८ आवेदकको आवेदन मात्र वैध ठहरिएको कम्पनीले जनाएको छ।

उच्च मागका कारण अन्ततः ३५ हजार आवेदकले मात्र १०–१० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक भने शेयरबाट वञ्चित भएका छन्।

यस आइपिओको निष्कासन तथा बाँडफाँड प्रक्रिया सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x