कालंगा हाइड्रोको वैदेशिक रोजगारी लक्षित आइपिओ बाँडफाँट सम्पन्न


कालंगा हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको प्राथमिक सेयर (आइपिओ) को बाँडफाँट प्रक्रिया सम्पन्न गरी नतिजा सार्वजनिक गरेको छ। कम्पनीले चैत १० देखि १५ गतेसम्म खुला गरेको उक्त आइपिओको परिणाम चैत २० गते सार्वजनिक गरेको हो।

कम्पनीका अनुसार कुल ३ लाख ५० हजार कित्ता सेयरका लागि परेको आवेदनमध्ये २५ हजार आवेदकले सेयर प्राप्त गरेका छन्। बाँडफाँटको विस्तृत विवरण बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको वेबसाइट तथा सिडिएससीको अनलाइन प्रणालीमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।

बाँडफाँटमा सफल भएका लगानीकर्ताको हित ग्राही खातामा सेयर क्रमशः जम्मा गरिनेछ भने सेयर नपरेका आवेदकहरूको रकम सम्बन्धित बैङ्क खातामा फिर्ता गरिने प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ। यो प्रक्रिया सि–आस्बा सदस्य संस्थामार्फत सम्पन्न हुनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x