नेशनल लाईफले दियो अभिकर्ताहरूलाई १ दिने विशेष तालिम

नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि ले विभिन्न शाखा कार्यालयमा कार्यरत अभिकर्ता समूहलाई १ दिने तालिम प्रदान गरेको छ।

मासिक योजना “मन्थन २०८२” अन्तर्गत बीमा शुल्क सङ्कलन गरेर चयन भएका सुदूर पश्चिम, कर्णाली प्रदेशका सबै शाखा र लुम्बिनी प्रदेशका केही शाखाका कुल १६० जना अभिकर्तालाई महेन्द्रनगर, शुक्लाफाँटास्थित होटेल ओपेरामा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अफ्जल अहमदले बीमा क्षेत्रमा चर्चित एमडिआरटी लक्ष्य हासिल गर्ने उपायसम्बन्धी उदाहरणसहित तालिम दिएका थिए।

कम्पनीका सहायक महाप्रबन्धक विवेक शर्माले कार्यक्रम पानस प्रज्वलन गरेर उद्घाटन गर्नुभएको थियो। सुदूर पश्चिम प्रदेश प्रमुख नवीन किशोर भट्टले अभिकर्ता सहभागीलाई स्वागत गर्नुभयो भने एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई पेसागत उत्कृष्टता हासिल गर्न कम्पनीले निरन्तर प्रशिक्षण योजना सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

कार्यक्रममा विभिन्न शाखामा उत्कृष्ट कार्य गरेको आधारमा प्रथम, द्वितीय र तृतीय हुने अभिकर्तालाई सहायक महाप्रबन्धक शर्माले मायाको चिनो प्रदान गर्नुभयो। सहभागी अभिकर्ताहरूले अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम पाउने अवसरका लागि कम्पनीप्रति आभार व्यक्त गरेका थिए। सम्मानित अभिकर्ताहरूले आफ्नो मेहनतको कदर भएको अनुभव व्यक्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x