
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा २६ अर्ब १३ करोड रुपैयाँ मूल्यका सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन्। यो गत वर्षको सोही अवधिको तुलनामा ६ अर्ब ९४ करोड रुपैयाँ (३६.१९%) ले बढी हो।
वीरगन्ज भन्सार कार्यालयको अनुसार चालु आ.व. मा सवारी तथा पार्टपुर्जाको आयात बढेसँगै राजस्व सङ्कलन पनि उल्लेख्य बढेको छ। सो अवधिमा पार्टपुर्जा आयातबाट मात्रै १८ अर्ब २२ करोड रुपैयाँ राजस्व उठेको छ, जबकि गत वर्ष १४ अर्ब ८४ करोड रुपैयाँ सङ्कलन भएको थियो।
इन्धनबाट चल्ने सवारीतर्फ १ अर्ब १७ करोड रुपैयाँका ५९१ वटा जिप, कार र भ्यान आयात भएका छन्, जुन गत वर्षको ८०५ वटा (१ अर्ब ६६ करोड) भन्दा कम हो।
मोटरसाइकल आयातमा भने वृद्धि देखिएको छ। चालु आ.व. मा ६ अर्ब ४२ करोड रुपैयाँका ४५ हजार ६२० वटा मोटरसाइकल आयात भएका छन्, जबकि गत वर्ष ३५ हजार ७९९ वटा (४ अर्ब ६७ करोड) आयात भएकाे थियाे।
त्यसै गरी, २ अर्ब ४ करोड रुपैयाँका २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएका छन्, जुन गत वर्षको १३ हजार ८६१ वटा (१ अर्ब ३५ करोड) भन्दा बढी हो।
विद्युतीय सवारीसाधनतर्फ पनि उल्लेखनीय वृद्धि देखिएको छ। चालु आवमा २ अर्ब ९८ करोड रुपैयाँका ईभी आयात भएका छन्, जुन गत वर्षको तुलनामा १०२ प्रतिशत बढी हो।
यस अवधिमा १ अर्ब ४६ करोड रुपैयाँका ४९३ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएका छन्, जबकि गत वर्ष १७२ वटा (४८ करोड रुपैयाँ) मात्रै आयात भएकाे थियाे।
वीरगन्ज नाकाबाट ९ महिनामा २६ अर्ब भन्दा बढी सवारी आयात
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
