सुनको भाउमा उछाल, तोलामा १४ हजार ४०० रुपैयाँले वृद्धि

| Gyanmandu | Achieving Excellence Together
नेपाली बजारमा बुधवार सुनको मूल्यमा वृद्धि आएको छ। आज सुनको भाउ प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बुधवार सुन प्रतितोला ३ लाख ४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। हिजो मङ्गलवार सुन तोलामा २ लाख ९० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला २६५ रुपैयाँले बढ्दै ५ हजार ६०० रुपैयाँमा कायम भएको व्यवसायी महासङ्घले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x