एभरेष्ट कलर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गरेको आइपिओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले सोमबार शेयर बाँडफाँड प्रक्रिया टुङ्ग्याएको हो।
कम्पनीले वैशाख १६ देखि २२ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ७९ हजार कित्ता आइपिओ निष्कासन गरेको थियो। उक्त अवधिमा ९० हजार ८५५ जनाबाट आवेदन परेकोमा ९० हजार ८२० जनाको आवेदन स्वीकृत भएको जनाएको छ।
मागभन्दा धेरै आवेदन परेपछि गोला प्रथा प्रणालीमार्फत शेयर बाँडफाँड गरिएको हो। नतिजाअनुसार ७ हजार ९०० जना आवेदकले १०–१० कित्ता शेयर प्राप्त गरेका छन् भने अधिकांश आवेदक शेयरबाट वञ्चित भएका छन्।
आइपिओको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको आधिकारिक वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
एभरेष्ट कलर लिमिटेडको आइपिओ बाँडफाँड सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
