
अल नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन गर्ने प्रस्ताव अनुमोदनका लागि वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीले असार ८ गते बिहान ८ बजे काठमाडौँको त्रिपुरेश्वर स्थित आफ्नै कार्यालयमा साधारण सभा आयोजना गर्ने जनाएको छ। सभामा आइपिओ जारी गर्ने विशेष प्रस्तावमाथि छलफल गरी निर्णय गरिनेछ।
यस्तै, कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने एजेन्डासमेत सभामा पेस गरिने भएको छ। नियामक निकायबाट प्राप्त निर्देशन वा सुझावअनुसार प्रस्तावित संशोधनमा आवश्यक परिमार्जन, थपघट वा सच्याउने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
आइपिओ जारी गर्ने एजेन्डासहित अल नेपाल इन्फ्रास्ट्रक्चरको साधारण सभा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
