
सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आज जेठ २८ गते देखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ।
कम्पनीको ३४ करोड रुपैयाँ जारी पुँजीको २५ प्रतिशत बराबर ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्कासनको अनुमति प्राप्त भएको थियो। कुल निष्कासित शेयरमध्ये ८५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोष तथा १७ हजार कित्ता कर्मचारीका लागि छुट्टाएर वितरण गरिसकिएको छ।
यी समूहलाई छुट्टाइएको शेयरपछि बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ।
प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्य रहेको यस आइपिओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन अवधि असार २ गतेसम्म रहनेछ। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्कासन अवधि असार ११ गतेसम्म लम्बिन सक्ने व्यवस्था गरिएको छ।
आइपिओमा आवेदन दिन इच्छुक लगानीकर्ताले ‘मेरो शेयर’ प्रणालीमार्फत सी–आस्बा सेवा प्रयोग गर्न वा आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्। यस कम्पनीको धिताेपत्र निष्कासन तथा बिऋी प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
आज देखि सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिजकाे आइपिओ विक्री खुल्ला
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
