
निभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने तयारी अघि बढाएको छ। कम्पनीको सञ्चालक समितिको हालै बसेको बैठकले आइपिओ निष्कासन सम्बन्धी प्रस्ताव स्वीकृत गर्दै विशेष साधारण सभा आह्वान गर्ने निर्णय गरेको हो।
कम्पनीले आगामी असार १४ गते बिहान ११ः३० बजे दाङको तुलसीपुर–७ स्थित केन्द्रीय कार्यालयमा विशेष साधारण सभा आयोजना गर्ने जनाएको छ। उक्त सभामा सर्वसाधारणका लागि साधारण शेयर निष्कासन गर्ने प्रस्ताव अनुमोदनका लागि पेस गरिनेछ।
सभाले आइपिओ निष्कासनसँग सम्बन्धित आवश्यक प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने एजेन्डा समेत समावेश गरेको छ। यससँगै कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि छलफलका लागि प्रस्तुत गरिनेछ।
नियामक निकायबाट प्राप्त हुन सक्ने निर्देशन, सुझाव वा आवश्यक संशोधन कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि विशेष साधारण सभाको कार्यसूचीमा रहेको कम्पनीले जनाएको छ।
निभ कर्पोरेशनले आइपिओ निष्कासन प्रक्रिया अघि बढायो, असार १४ मा विशेष साधारण सभा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
