मध्य ताराखोला हाइड्रोपावरले आइपिओ निष्कासन प्रस्तावसहित साधारण सभा बोलायो

Gyanmandu | Achieving Excellence Together
मध्य ताराखोला हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने प्रस्ताव अनुमोदन गर्न वार्षिक साधारण सभा आह्वान गरेको छ।

कम्पनीले आगामी असार २४ गते बिहान ११ बजे बागलुङस्थित आफ्नो रजिस्टर्ड कार्यालयमा साधारण सभा आयोजना गर्ने जनाएको छ। सभामा आइपिओ निष्कासन सम्बन्धी विशेष प्रस्ताव पेस गरिनेछ।

प्रस्तावअनुसार कम्पनीले सर्वसाधारणमा साधारण शेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ। साथै, आइपिओ निष्कासनका क्रममा नियामक निकायबाट आवश्यक संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा सोहीअनुसार आवश्यक व्यवस्था मिलाउन सञ्चालक समितिलाई अख्तियारी दिने विषय पनि सभामा प्रस्तुत गरिनेछ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी अनुमोदन गर्ने कार्यसूची समेत तय गरेको छ। सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेस गर्ने प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि सभामा रहनेछ।

यस बाहेक चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव माथि पनि सभाले निर्णय गर्ने कम्पनीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x