आईएमई लाइफको रेटिङ ‘ए माइनस’ मा स्तरोन्नति, व्यवसाय र वित्तीय सूचकमा उल्लेख्य सुधार

आईएमई लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारीहरू माग्यो | Gyanmandu |  Achieving Excellence Together
आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको व्यावसायिक विस्तार र वित्तीय अवस्थाको सुधारसँगै क्रेडिट रेटिङमा स्तरोन्नति भएको छ। रेटिङ सेवा प्रदायक केयर रेटिङ्स नेपालले कम्पनीलाई यसअघि प्रदान गरेको ‘BBB’ (ट्रिपल बी) रेटिङलाई बढाएर ‘A-’ (ए माइनस) मा स्तरोन्नति गरेको हो।

‘ए माइनस’ श्रेणीको रेटिङ प्राप्त संस्थाहरूलाई वित्तीय दायित्व समयमै पूरा गर्न पर्याप्त क्षमता भएका तथा तुलनात्मक रूपमा न्यून कर्जाजन्य जोखिम वहन गर्ने संस्थाका रूपमा हेरिन्छ।

कम्पनीको व्यवसाय विस्तार पनि उल्लेखनीय रहेको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल आर्जित बीमाशुल्क २१ प्रतिशतले वृद्धि भई ५ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि दर समग्र जीवन बीमा उद्योगको औसत वृद्धिभन्दा माथि रहेको कम्पनीले जनाएको छ।

यस्तै, चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै कम्पनीको कुल आर्जित बीमाशुल्क ३८ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ, जसले कम्पनीको बजार विस्तारलाई थप बलियो बनाएको सङ्केत गर्दछ।

वित्तीय स्थायित्वका दृष्टिले पनि कम्पनी सुदृढ देखिएको छ। कम्पनीको सोल्भेन्सी मार्जिन २.५९ गुणा पुगेको छ, जुन नियामयकी न्यूनतम आवश्यकता १.३० गुणाभन्दा निकै माथि रहेको सूचक हो। यसले कम्पनीसँग भविष्यका दायित्व पूरा गर्न पर्याप्त वित्तीय क्षमता रहेको देखाउँछ।

बीमालेख व्यतीत अनुपात ९.३० प्रतिशतमा सीमित रहनुका साथै दाबी व्यवस्थापनमा सुधार हुँदा नोक्सानी अनुपात पनि घटेको छ। आर्थिक वर्ष २०८०/८१ मा २५.६४ प्रतिशत रहेको उक्त अनुपात २०८१/८२ मा झरेर २०.९९ प्रतिशतमा सीमित भएको छ।

कम्पनीको जीवन बीमा कोष चालु आर्थिक वर्षको पहिलो नौ महिनामा बढेर १७ अर्ब १४ करोड रुपैयाँ पुगेको छ भने कुल लगानीको आकार २० अर्ब ७५ करोड रुपैयाँ नाघेको छ।

रेटिङ स्तरोन्नतिलाई बीमितका लागि सकारात्मक सङ्केतका रूपमा हेरिएको छ। यसले दाबी भुक्तानी क्षमताप्रतिको विश्वास बढाउनुका साथै दीर्घकालीन वित्तीय स्थायित्व, बोनस वितरणको सम्भावना तथा जोखिम व्यवस्थापनमा कम्पनीको सबल अवस्थालाई सङ्केत गर्छ।

कम्पनीले पुनर्बीमा व्यवस्थापनका लागि नेपाल पुनर्बीमा र हिमालयन पुनर्बीमा कम्पनी सँग पुनर्बीमा सम्झौता गर्दै आएको जनाएको छ।

साथै, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन कम्पनीले डिजिटल प्रविधिमा लगानी बढाइरहेको छ। यसबाट बीमालेख नवीकरण, दाबी व्यवस्थापन तथा अन्य बीमा सेवाहरूलाई थप छिटो, सहज र पहुँचयोग्य बनाउने लक्ष्य राखिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x