
डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा ६५ लाख ४१ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। वन क्षेत्रको रोयल्टी, बेरुजु असुली, प्रशासनिक सेवा शुल्क तथा अन्य विभिन्न स्रोतबाट उक्त रकम सङ्कलन भएको कार्यालयले जनाएको छ।
वन अधिकृत तेजेन्द्र रावलका अनुसार यस अवधिमा वन संरक्षण र वन अतिक्रमण नियन्त्रणलाई प्राथमिकता दिँदै कार्यालयले ९ पटक वन डढेलो नियन्त्रण, ३३ पटक फर्निचर उद्योगको अनुगमन तथा नियमन र १९ वटा सामुदायिक वनको कार्य योजना नवीकरण गरेको छ।
यस्तै, ११ महिनाको अवधिमा जुम्लाबाट ३१ लाख १ हजार ८१३ किलो जडीबुटी निकासी भएको छ भने जिल्लाभर करिब ५ हेक्टर वन क्षेत्रको अतिक्रमण रोकथाम गरिएको छ।
कार्यालयका सूचना अधिकारी प्रकाश देवकोटाका अनुसार जिल्लाका आठ वटै स्थानीय तहमा ४६ वटा वनका नयाँ कार्य योजना कार्यान्वयनको चरणमा रहेका छन्। हाल जुम्लामा २०६ वटा सामुदायिक वन, १२७ वटा कबुलियती वन र ६ वटा निजी वन सञ्चालनमा रहेका छन्।
जुम्ला वन कार्यालयद्वारा ११ महिनामा ६५ लाखभन्दा बढी राजस्व सङ्कलन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
