बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर डिम्याट खातामा जम्मा


बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर प्राप्त गरेका शेयरधनीहरूको डिम्याट खातामा सम्बन्धित शेयर जम्मा गरेको जनाएको छ।

कम्पनीले यसअघि चुक्ता पुँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो। हकप्रद बाँडफाँटपछि वितरण हुन बाँकी रहेका शेयरसमेत लिलाम बढाबढ प्रक्रियामार्फत बिक्री गरिसकिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार हकप्रद शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भइसकेको छ भने सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा पनि दर्ता भई अभौतिक (डिम्याट) प्रणालीमार्फत कारोबार गर्न मिल्ने व्यवस्था गरिएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x