ग्लोबल आइएमई बैङ्कको नाइमा विशेष अफर, न्यूनतम ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैङ्क लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ ।

बैङ्कले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैङ्कको आधार दरमा न्यूनतम शून्य दशमलव पाँच प्रतिशत प्रिमियम थपेर कर्जा पाउने छन् ।

जसअनुसार, हालको आधार दरमा न्यूनतम ब्याजदर ५.२५ प्रतिशत ब्याजदर कायम हुन्छ ।

बैङ्कको आधार दर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ ।

साथै, बैङ्कले नाइमा अटो एक्सपोमा नयाँ इभी गाडी किन्ने ग्राहकहरूको लागि ३ वर्षको लागि ५.९९ प्रतिशतको स्थिर ब्याजदरको योजना ल्याएको छ । ३ वर्ष पश्चात् उक्त कर्जाको दर बैङ्कको आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप हुनेछ ।

साथै, ग्लोबल आइएमई बैङ्कले नाइमा अटो एक्सपोमा आफ्नो स्टल राखी गाडी किन्न इच्छुक ग्राहकहरूलाई कर्जा प्रक्रिया अगाडि बढाउने व्यवस्था गरेको छ । बैङ्कको उक्त स्टलबाटै पनि ग्राहकले कर्जाको आवेदन दिन मिल्ने व्यवस्था बैङ्कले गरेको छ ।

ग्राहकहरूले कागजपत्र पुरा गरेपश्चात् बैङ्कले गाडी किन्नको लागि अधिकतम तीन दिन मै स्वीकृति पत्र समेत प्रदान गर्नेछ ।

विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आइएमई बैङ्कले ‘बैङ्क अफ द इयर २०१४’, ‘वेस्ट इन्टरनेट बैङ्क २०१६’, तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘वेस्ट बैङ्क नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैङ्कले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, वेस्ट बैङ्क ईएसजी नेपाल २०२४ र वेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरू समेत हात पारेको छ ।

ग्लोबल आइएमई बैङ्क मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । हाल बैङ्कले ३४१ शाखा कार्यालय, ३६६ एटिएम, १४७ शाखारहित बैङ्किङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल १ हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।

यसका साथै बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिटेन्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x