
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ९.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी ६४ करोड ८२ लाख ९७ हजार ७९७ रुपैयाँ २२ पैसाको ९.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमध्ये ६ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ९७ हजार ८६७ रुपैयाँ ८३ पैसा बराबरको बोनस शेयर र ३.५ प्रतिशत अर्थात् २ करोड २६ लाख ९० हजार ४२२ रुपैयाँ ९० पैसा बराबरको नगद लाभांश (करसहित) रहेको छ।
संस्थाका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त भएपछि आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराई शेयर धनीलाई वितरण गरिनेछ।
ग्लोबल आइएमई लघुवित्तको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
