महिला लघुवित्तको आकर्षक लाभांश घोषणा, कति दिँदै छ नगद र बोनस ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७९ साल पौष २६ गते, मङ्गलवार बिहान ९:०० बजे देखि १०:३० बजे सम्म बसेको सञ्चालक समितिको ५१ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई ५० प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७८/०७९ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको ४७.५ प्रतिशतले हुन आउने रकम रु. ७ करोड ६२ हजार ५०० रुपैयाँ बराबरको बोनस शेयर र २.५ प्रतिशतले हुन आउने रकम रु. ३६ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत) गरी जम्मा ५० प्रतिशत लाभांश आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुले प्राप्त गर्ने महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले जानकारी दिएको छ ।


प्रस्तावित लाभांश गत वर्षको अनुसार नै यथावत् रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले चुक्ता पुँजीको ४७.५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र २.५ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।

Click here to view the notice.

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100.00%
0.00%
0.00%
0.00%
0.00%
0.00%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x