धितोपत्र बजारमा ४३.२९ अंकको वृद्धि, नेप्से परिसूचक २६९२.४७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४३ दशमलव २९ अंकले बढेर २६९२ दशमलव ४७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ९ दशमलव १६ अंकले बढेर ५०६ दशमलव १६ को विन्दुमा पुगेको छ ।

आज कूल २३८ कम्पनीका ७३ लाख ३६ हजार ३३४ कित्ता शेयर रु ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १३ उपसमूह मध्ये दुर्इ उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह ३५ दशमलव ०७ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह १०७ दशमलव ४७ अङ्कले, विकास बैंक उपसमूह ८८.४८ अङ्कले, जलविद्युत उपसमूह ७२.२ अङ्कले, वित्त उपसमूह २७.४८ अङ्कले, निर्जीवन बीमा २४३.९३ अङ्कले, अन्य उपसमूह २०.४१ अङ्कले, लघुवित्त उपसमूह ५३.०८ अङ्कले, जीवन बीमा ११४.५४ अङ्कले, सामूहिक लगनी कोष शुन्य दशमलव १ अङ्कले र लगानी उपसमूह १ दशमलव ६१ अङ्कले बढेको छ । यता, ट्रेडिङ उपसमूह १९ दशमलव ३५ अङ्कले घट्दा उत्पादन उपसमूह ५ दशमलव ९८ अङ्कले घटेको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x