धितोपत्र बजारमा ६.६८ अंकको वृद्धि, नेप्से परिसूचक १९७७.३० को विन्दुमा


ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ६८ अंकले बढेर १९७७ दशमलव ३० को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक शुन्य दशमलव ५७ अंकले बढेर ३८३ दशमलव ७७ को विन्दुमा पुगेको छ ।


आज कूल २२७ कम्पनीका २८ लाख ७६ हजार २८८ कित्ता शेयर रु १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ मा खरिद बिक्री भए ।


कारोबार भएका कूल १३ उपसमूह मध्य शेयर होटल तथा पर्यटन उपसमूह १६ दशमलव ६१ अङ्कले, उत्पादन उपसमूह ८.३५ अङ्कले, अन्य उपसमूह १३.१६ अङ्कले र सामूहिक लगानी कोष शुन्य दशमलव ०५ अङ्कले घटेका छन्। यता, बैंकिङ उपसमूह १ दशमलव ५५ अङ्कले बढ्दा ट्रेडिङ उपसमूह ४ दशमलव ९३ अङ्कले, विकास बैंक उपसमूह ५५.२४ अङ्कले, जलविद्युत उपसमूह २१.५२ अङ्कले, वित्त उपसमूह १०.४६ अङ्कले, निर्जीवन बीमा १४७ अङ्कले, लघुवित्त उपसमूह २१.६ अङ्कले, जीवन बीमा उपसमूह ४६.१९ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ०७ अङ्कले बढेकाे छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x