८ अर्ब बराबरको आईपीओ निष्कासन गर्न लागेकाे नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १८ करोड


ज्ञानमाण्डू। नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफा १२.४३ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को पहिलाे त्रैमास सम्ममा बैङ्कले २० करोड ५७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को पहिलाे त्रैमास सम्ममा बैंकले १८ करोड १ लाख २२ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


१२ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले २५ करोड २० हजार रुपैयाँ निक्षेप संकलन गरी ९ करोड ८ लाख ५० हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंक तथा वित्तीय संस्थाहरूमा १३ अर्ब २० करोड ८६ लाख ७८ हजार रुपैयाँ जम्मा गरेकाे छ । त्यस्तै जगेडा कोषमा १ अर्ब ८१ करोड ४७ लाख ६ हजार रुपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ९.२४ प्रतिशतले घटेर २८ करोड ३५ लाख ८५ हजार रुपैयाँ पुगेकाे छ । त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १८ कराेड १ लाख १३ हजार रुपैयाँ रहेकाे छ । बैङ्कको प्रतिशेयर आम्दानी ६ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x