विद्यार्थीले बनाए स्मार्ट सिटी

ज्ञानमाण्डू।नेपालमा स्मार्ट सिटी बनाउने चर्चा बढी नै हुने गर्दछ । अधिकांश सर्वसाधारणलाई स्मार्ट सिटी कस्तो हुने हो थाहा छैन । यही वास्तविकतामा यहाँको एक विद्यालयका विद्यार्थीले स्मार्ट सिटीको नमुना तयार गरी अभिभावकलाई दङ्ग पारेका छन् । 

शान्तिउदय माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाले विद्यालयको ६० औँ वार्षिकोत्सव एवं ६१ औँ अभिभावक दिवसमा बिहीबार प्रदर्शनमा राखेका स्मार्ट सिटीको नमुनाले अभिभावकको ध्यानाकर्षण गराएको थियो । पोखरा महानगरपालिका–३३ स्थित यस क्षेत्रकै सबैभन्दा पुरानो विद्यालय मानिन्छ । स्मार्ट सिटीमा सुविधा सम्पन्न अपार्टमेन्टदेखि हस्पिटल, पार्क, डिपार्टमेन्टल स्टारे, विद्यालय, यातायातको व्यवस्था, भ्यु टावरलगायतका विषलाई समेटिएको थियो । 

अभिभावक आफ्ना बालबालिकाका सिर्जना देखेर मक्ख देखिन्थे । वार्षिकोत्सव स्थल प्रवेश गर्ना साथ मेहनत गरेर राखिएका प्रदर्शनीका सामग्रीबारे जानकारी गराउन विद्यार्थीलाई भ्याइनभ्याइ थियो । शैक्षिक प्रदर्शनीमा गणित, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन विषयका शैक्षिक सामग्री राखिएका थिए । आफूहरूले वार्षिकोत्सवलाई लक्षित गरी झन्डै एक सातादेखि यी सामग्री तयार गरेको कक्षा १० की छात्रा जमुना नेपालीले जानकारी दिए । “हामीले कक्षा कोठामा पढेका विषयलाई व्यवहारमा उतारेका हौँ”, उनले भने , “यसमा सबै साथीभाइको सहयोग त छ नै विद्यालयका शिक्षक शिक्षिकाले पनि उत्तिकै उत्प्रेरणा प्रदान एवं सहयोग गर्नुभएको छ ।” 

प्रदर्शनीमा रहेका हाइड्रोलिक ब्रिज त कतै हाइड्रोलिक लिफ्टले अभिभावकलाई आकर्षित गरेको थियो । विद्यार्थीले विभिन्न अन्नको प्रयोग गरी सात वटै प्रदेश छुट्ट्याएर बनाएको नेपालको नक्सा पनि प्रदर्शनीको आकर्षण बनेको थियो । शैक्षिक प्रदर्शनी अवलोकन गर्दै प्रतिनिधिसभा सदस्य विद्या भट्टराई(अधिकारी)ले विद्यार्थीको मौलिक सिर्जनालाई महत्त्व दिन यस किसिमका प्रदर्शनीको अवसर उपलब्ध गराउनुपर्ने बताए । “पढेका विषयलाई व्यवहारमा उतार्ने गरी विद्यार्थीमा सृजनशीलताको विकास गराउनुपर्छ”, उनले भने , “व्यावहारिक र जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता हो ।” 

पोखरा महानगरपालिका–३३ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद आचार्यले प्रदर्शनीमा विद्यार्थीका अन्तर्निहित क्षमता प्रस्फुटित भएको बताए । उनले पछिल्ला समयमा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दै गएको वास्तविकतामा सङ्ख्याभन्दा पनि कसरी शैक्षिक गुणस्तर बढाउने हो त्यसतर्फ चिन्ता गर्नुपर्ने बेला आएको बताए । 

भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष मोति भुजेलले विद्यार्थीले प्रदर्शनीमा राखेका सामग्रीले उनीहरूको सृजनशीलतालाई देखाएको बताउँदै सृजनशीलता अभिवृद्धि हुने किसिमका कार्यक्रम र वातावरण विद्यालयले तयार गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक टेकनारायण गिरीले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्नुभएको थियो भने पूर्वप्रअ कमलप्रसाद आचार्य, महानगर शिक्षा परिषद्का सदस्य धनराज आचार्य, शिक्षक वेदनाथ आचार्य, विद्यार्थी अनिषा भुवाईलगायतले कास्की दक्षिण भेगको समग्र शैक्षिक विकासमा विद्यालयले खेलेको भूमिकालगायतका विषयमा चर्चा गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीका साथै उत्कृष्ट शिक्षक, कर्मचारीलाई सम्मान एवं छात्रवृत्ति वितरण गरिएको थियो ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x